अहिले मुलुक राप्रपामय भएको छः सहायक महामन्त्री खड्का

  • प्रकाशित मिति : April 19, 2022
  • कान्तिपुर सञ्चार

दोलखा । विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्ने क्रम वढेको छ । यसै सिलसिलामा दोलखामा आयोजित कार्यक्रममा नेकपा एमाले निकट राष्ट्रिय भूतपूर्व प्रहरी संगठन केन्द्रीय कमिटी सचिव तथा तामाकोसी गाउँपालिकाका सचिवालय सदस्य दीपक कालिकोटे,नेकपा एमाले तामाकोसी काठमाडौ सम्पर्क मञ्च संयोजक गोविन्द गिरी,नेकपा माओवादी केन्द्र तामाकोसी गाउँ कमिटी सदस्य गोपी कुमार खड्का, नेकपा माओवादी केन्द्र सहरे वडा कमिटी सदस्य बलराम गौतम, समाजसेवी यादव कार्की लगायत सोमबार राप्रपा प्रवेश गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सहायक महामन्त्री विजय खड्काले मुलुक वर्तमान परिस्थितिमा राप्रपामय भएको वताए । पार्टीको नीति, सिद्धान्त र नयाँ नेतृत्व प्रतिको जनताको भरोसाले अबको बिकल्प राप्रपामात्र भएको र मुलुकलाई यथास्थितिबाट अगाडि लैजान,आर्थिक समृद्धि हासिल गर्न,धर्म,संस्कृति र पहिचानको रक्षा गर्न जनताले राप्रपालाई रोज्नुपर्ने वताए, स्थानीय तह निर्वाचनमा दोलखाको सबै क्षेत्रमा राप्रपाले तालमेल विनानै काग्रेस कम्युनिस्टको सामना गर्ने क्षमता राख्ने वताउँदै खड्काले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा राप्रपाले मुलुकको अधिकांश क्षेत्रमा हलोको झण्डा गाड्ने वताए ।

३२वर्षे काग्रेस कम्युनिस्टको कुशासनको जरा भत्काउन यो निर्वाचन संजिवनी हुने वताउँदै विभिन्न पार्टी परित्याग गरि आउने साथिहरूलाई उचित स्थान र सम्मान दिने उल्लेख गरे । त्यस अवसरमा राप्रपा दोलखा अध्यक्ष राजनबहादुर शिवाकोटी, वरिष्ठ उपाध्यक्ष विष्णु श्रेष्ठ, सचिव राम लामा नेतृ देवकी वुढाथोकी,अनुशासन समिति अध्यक्ष बलवहादुर तमाङ लगायतको उपस्थिति रहेको थियो।