राप्रपा केन्दि«य सदस्य नेता प्रविन कुमार थोकर वडादेखि महानगरसम्मका लागि आकांक्षीहरू धेरै हुनुको कारण व्यक्तिवादी चरित्र भएको बताएका छन्।
पार्टीका उम्मेदवार जसले जिते पनि पार्टीले जितेको महशुस नगर्ने र आफूले नै जित्नुपर्ने व्यक्तिवादी प्रवृत्तिका कारण आकांक्षीहरू धान्नै नसकिने गरी बढेको उनले बताए।
०७४ मा जितेका जनप्रतिनिधिका व्यवहारले गर्दा पनि आकांक्षी धेरै हुन पुगेको उनी बताउँछन्।
मंगलबार रामेछाप घरदैलो उद्घाटन कार्यक्रममा बोल्दै उनले विजयी जनप्रतिनिधिले व्यक्तिवादी व्यवहार देखाएकोले पनि अहिलेको चुनावका लागि आकांक्षी संख्या बढेको बताए।
‘०७४ को चुनावबाट जितेकाहरूले पार्टीले जिताएको भन्ने महसुश गराउन सकेनन्। उनीहरुको व्यवहार व्यक्तिवादी भयो,’ उनले भने, ‘पार्टीका कार्यकर्ताहरुको मन जित्ने खालको भएन, जसले गर्दा अहिले उम्मेदवारका आकांक्षी बढेका छन्।’
पार्टीले निर्वाचन जिते पनि आफूले जितेको अनुभूति हुन नसकेका कारण अहिले अधिकांशले उम्मेदवार बन्न जोडबल गरिरहेको थोकर तामाङको भनाइ थियो।
‘जितेकाहरुको व्यवहार व्यक्तिवादी भएका कारण उम्मेदवार हुन पाइएन भने पार्टीको जसले जिते पनि आफूले जितको अनुभूति भएन,’ थोकर तामाङले भने, ‘