एमालेको योजनाअनुसार नै एमसीसी पास भयो : शंकर पोखरेल

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको योजना अनुसार नै एमसीसी पास भएको दाबी गर्नुभयो ।

सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग पोखरेलले त्यसको आलोचनाको भारी भने गठबन्धनलाई बोकाएको बताउनुभयो ।पोखरेलले स्थानीय निर्वाचन कुनैपनि बहानामा सार्न नहुने बताउनुभयो । आगामी निर्वाचनमा दुईवटा दललाई मात्रै भोट हाल्ने गरि निर्वाचनमा जानुपर्ने उहाँको भनाई थियो ।

मुलुकमा धेरै राजनीतिक दलको आवश्यकता नभएको भन्दै नेपाली कांग्रेस र एमाले बाहेक अन्य दललाई मतदान गर्न आवश्यक नभएको टिप्पणी गर्नुभयो । पोखरेलले समाजवाद र पुँजीवादतर्फ उन्मुख दल मध्ये कसलाई भोट हाल्ने हो प्रष्ट हुन मतदातासंग आग्रह गर्नुभयो ।