आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरेका छन् ।
पाँच दलीय गठबन्धनको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले समय थप गरेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए ।
बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको सिटौलाको भनाइ छ । स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि २ पटक समय थप गरिएको थियो ।