गठबन्धनबीच तालमेलको टुङ्गो नलाग्दै धमाधम उम्मेदवार सिफारिस

  • प्रकाशित मिति : April 19, 2022
  • कान्तिपुर सञ्चार

सत्तारुढ गठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि तालमेलको टुङ्गो नलाग्दै गठबन्धनमा आवद्ध दलले विभिन्न पालिकामा धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । गठबन्धनको बैठकमा सहमतिको खोजी भइरहँदा गठबन्धनमै रहेका दलका स्थानीय कमिटीले उम्मेदवार सिफारिस गरेको हो ।