नेकपा एमालेले यही वैशाख ३० गतेका लागि निर्धारण गरेको स्थानीय तहको निर्वाचन सार्न सत्ता गठबन्धनले षडयन्त्र गरिरहेको भन्दै त्यसको प्रतिवाद निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले ८ निर्णय गर्दै चुनाव सार्ने गठबन्धनको षडयन्त्रको प्रतिवाद गर्ने र निस्तेज पार्ने निर्णय गरेको हो ।
बैठकमा गठबन्धनको चुनाव सार्ने षडयन्त्रको बारेमा छलफल भएको जानकारी दिँदै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले त्यसको प्रतिवाद गर्ने र निस्तेज पार्ने निर्णय गरेको बताए । उनले चुनावको तयारीमा जुट्न पार्टीका सबै पंक्तिलाई निर्देशन दिएका बताए ।