जसपाको केन्द्रीय समिति बैठक सुरु

  • प्रकाशित मिति : March 14, 2022
  • कान्तिपुर सञ्चार

फाल्गुन,३० काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।  बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।