असोज ६, दोलखा । प्रत्येक बर्ष झै यस बर्ष पनि परिवर्तनशील यूवा समाज नेपाल संस्थाले आफ्नो ति स साना बालबालिका तथा यूवा लगायत आम समुदायलाई मनोरञ्जन दिनका लागि आउदौ दशै तिहारलाई रोजक बनाउन तयार रहेको संस्थापक अध्ययक्षले बताएका छन ।
दशै कार्यक्रम २०७९÷०६÷१८ गते महानवमीका दिन आफ्ना आम नेपाली जनतालाई बर्षको एक पटक मनाइने चाडलाई भव्य र सव्य भई आफुमा भएको कला प्रस्फुट सवैलाई आवाह्रन गर्नु भएको छ ।
दिगो सामाजिकआर्थिक विकास, हाम्रो लक्ष्य नारा बोकेर हिडेका सम्पूर्ण नेपाली जनता नजिकिदै गरेको चाड दशै तिहार पर्वमा गाउँ फर्कने गर्छन । अरु पर्व भन्दा यो पर्व हिन्दु नेपाली दाजु भाईहरुको लागि अतिनै महत्वपूर्ण चाड हो ।
सवैले एउटा आशा बोकेर आएका हुन्छन । त्यही आशा पुरा गर्ने क्रममा आफूले नभेटेका साथीभाईहरुलाई भेट्ने एउटै थलो हो । गाउँको प्रसिद्ध स्थान जहा सवै आम अभिभावकको भेला हुने र आफूमा भएको प्रतिभा क्षमता र कुरा खोल्ने रमाइलोचोक । विगत १६ बर्ष देखि सुन्दै आएको र सवैको मनमुटुमा रहेको यो चोक आज आम समुदायको जनहितकारी स्थलको रुपमा पहिचान हुदै आएको छ ।
उहाँ भन्नु हुन्छ, हामीले दशैलाई लक्षित गरि २०७९÷०६÷१८ मा सांस्कृतिक कार्यक्रम गर्दै विशेष व्यक्ति स–सम्मान कार्यक्रम तयार पारेका छौँ । सम्मान हुने व्यक्ति हाम्रो संस्थाले धेरै बर्षबाट यो कार्य योजना तयार पारिरहेको र सहि व्यक्तिको पहिचान गरेर मात्र उहाँहरुलाई पत्रचार गर्ने व्यवस्था तयार गरेका छौँ । भोलि कुनै पनि गलत निर्णय भएमा हामी आफैले नकारात्मक व्यवहार खप्नु पर्ने हुदा हरेक स्थानबाट लिएका विषयहरुमा जस्तै शिक्षा, स्वास्थ्य, स्नातकोत्तर (मास्टर डिग्री) पहिचान गर्ने, समाजसेवी, यातायात, खेलकुद, प्रतिभा भित्रको प्रतिभा, क्षमता भएका ति कलात्मक व्यक्ति, जेष्ठ नागरिक, व्यापार व्यवसाय जस्ता विभिन्न पाठका विषयमा हाम्रो अध्ययन रहेको थियो । हामी तयारिमा अझ नया नया प्रविधियूक्त रुपमा अघि बढ्न सवैलाई आवाह्रन वा आग्रह गछौँ । गरिनै गरेका छौँ भोलिको निष्कर्ष कस्तो आउछ हेर्न बाकी नै छ ।
कार्यक्रमका लागि भनेर नै सुचना प्रकाशित गरि सकेका छौँ । सहयोगको पनि अपिल बोकेका छौँ । लाग्छ सवैबाट साथ सहयोग हुन्छ नै होला । उनले भने,
बालबालिकाहरुलाई पनि मध्य नजर गरेर ः
चित्रकला प्रतियोगिता कार्यक्रम कै दिन विहान ९ बजे (१ः००घण्टा आवश्यक सामाग्री आफैले उपल्बध गर्नु पर्ने) तय गरेको हुदा उक्त सिट सुरक्षित राख्न संस्थाले तोकिएको कागजपत्र मिति २०७९÷०६÷०४ बाट २०७९÷०६÷९ गते सम्म उपल्बध गराइ सक्नु पर्नेछ । भनेर उक्त कार्ययोजना तयार गरिएको छ ।
उहाँहरुको कार्ययोजना सफल रहोस, यहि शुभ कामना