देउवाले गरे थप १० जनालाई केन्द्रीय सदस्य मनोनीत

  • प्रकाशित मिति : August 16, 2022
  • कान्तिपुर सञ्चार

साउन ३१, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले १० जनालाई मंगलबार केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए।

कांग्रेसमा १६९ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। सभापति देउवाले मनोनीत गर्न पाउनेमध्ये यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

अझै देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। आज मनोनीत भएका १० जना महिला हुन्। समावेशी सिद्धान्तअनुसार केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था कांग्रेस विधानमा छ।