धरहरा पछिको सबैभन्दा अग्लो भ्यु टावर उद्घाटन गर्दै ओली

  • प्रकाशित मिति : March 29, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु टावरको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्दैछन् । तिलोत्तमा नगरपालिका ९२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आज गर्ने भएका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।