पेट्रोलियम गाडी आयात रोकौं, बिजुलीमा एक प्रतिशत मात्र भन्सार लगाउँ

  • प्रकाशित मिति : March 30, 2022
  • कान्तिपुर सञ्चार

आयात भएन भएन भन्नुको सट्टा भिल्डमा उत्रिए पछि पो थाहा हुन्छ । जसरी सामाजिक अभियान्ताहरुले आफ्ना केही छाक काटेर गरीब दुखिलाई भोको हुनबाट रोकेका छन । केहि सरकारमा रहेकाहरुको बुद्धि कहिले काही त राम्रो काममा पनि लाग्ने गरेको देखिन्छ तर छेडिक समयलाई मात्र आउछ र पो विजोग हुने गरेको छ । हो आज त्यसै गरी विद्युत उत्पादन गरि सके पछि त्यसको सही मार्गदर्शन गर्नु पर्ने हुन्छ । समय आएको छ । उदाहरण आजको नयाँ अपडेट

पेट्रोलियम गाडीको प्रतिस्थापन र विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्ने गरि आगामी आर्थिक वर्षको बजेट ल्याउन सरोकारवाला पक्षले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । मंगलबार राजधानीमा आयोजित मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा वृहत् छलफल कार्यक्रममा बोल्दै अर्थविद् केशव आचार्यले यस्तो सुझाव दिएका हुन् ।

केही वर्ष पेट्रोलियम गाडी आयात रोकौं र विजुली गाडीको आयातमा एक प्रतिशत मात्र भन्सार लगाउँ । यसले मुलुकको अर्थतन्त्र थप कमजोर हुनबाट रोक्छु अर्थविद् आचार्यले भने । अहिले मुलुकमा बढ्दो तरलता अभावका बीच थप रूस र युक्रेनको तनावले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकोमा सोबाट पाठ सिक्दै नेपालले अब पेट्रोलियम पदार्थको खपत कम गर्ने नीति लिनुपर्ने उनले बताए । अहिले हामीले जुन परिणाममा पेट्रोलियम पदार्थको खपत गरिरहेका छौं सोको २५ प्रतिशत मात्र कटौती गर्ने हो भनेपनि महिनामा १०÷१२ अर्ब रुपैयाँ बचत हुने देखिन्छ ।

अब हामीले गम्भीर भएर सोच्नुपर्ने बेला भइसकेको छु आचार्यले भने, अघिल्लो सरकारले उल्टो विद्युतीय गाडीमा भन्सार शुल्क बढाएर चक्लेट लगायतका वस्तुमा भन्सार शुल्क घटायो, यस्तो गल्ती यो सरकारले नगरोस्आचार्यले सुझाव दिए । सोही अवसरमा आचार्यले राष्ट्रिय गौरवको नाममा मनलाग्दी परियोजना छनोट गर्ने र मकै छरेको जसरी बजेट नबढ्न समेत सरकारलाई सुझाव दिए । संघलाई मात्र नभएर, प्रदेश र स्थानीय तहलाई पनि सक्षम बनाउनु पर्ने र सोही बमोजिम विकासका कार्यमा सरिक गराउनुपर्ने उनको धारणा छ ।