मेलुङ गाँउपालिका भित्र मात्र राप्रपाको आज भोलि खुब चर्को हल्ला भएको छ । यस ७२÷७३ को निर्वाचनमा मेलुङ गाँउपालिकामा खासै राप्रपाको राम्रो प्रचार प्रसार नभएको तर आउदो बैशाख ३० लाई स्थानिय निर्वाचन तोकिए पछि भने यूवाहरुको चासो राप्रपा प्रति धेरै नै देखिएको खुलासा गर्छन राप्रपा, दोलखाका क्षेत्र नं. क का उपाध्यक्ष निरोज कोइराला ।
कोइरालाका अनुसार हरेक पार्टीले आफ्ना स्वार्थ लुट्नु लुटि सकेका छन । तर पनि परिवर्तन क्रमिक रुपमा अघि बढाउन पनि सकिराखेका छैन्न । दिगो बिकासका एजेन्डा बोकेका आजका यूवा, आर्थिक बुद्धि साकार पार्न होमिएका यूवा स साना कुरामा बन्चित हुनु परेको बताउछन ।
उनले आउदो निर्वाचनमा कसरी गाँउ टोल समाजलाई दिगो बिकास तर्फ लैजान सकिन्छ भन्ने कुराहरु पनि प्रस्ट पारेका छन । उनी भन्छन, बुद्धि भएर पनि बुद्धि हिनताका काम गरिरहेका ति तमाम बैचारिक उद्देश्य बोकेका नेता गणहरुले आफना परिवार, आफना साथी भाईका आफ्नै पार्टी भित्र मात्र रहेर काम गरिरहेको र ति सोझा जनताहरुलाई ससाना काममा दुख दिइ रहेका छन । वडा प्रमुख भए पछि मिलान र मिलाउन सक्ने काम आफना तरिकाले विचार पुर्वक अघि बढाउनुको सट्टा जथाभावि, लगन विनाको दाही गरिरहेका छन् । झन आज भोलि के भन्नु भोट पाउनका लागि टोल टोलमा केहि साना तिना कार्यहरुमा पनि बजेट बाड्दै गरेको पाइएको छ । कहिले पानिको नाममा, कहिले सिचाई कुलोका नाममा, कहिले भित्रि बाटो घाटोका नाममा र कहिले मन्दिरका, चर्जका नाममा बजेट जथाभावी बाढी चुढी राखेको प्रस्ट नै देखिन्छ । समाजका जनताहरुलाई भुल्याउने कार्य गरि दोभाने खेलमैदान तयार गदै हिडेका छन् ।
कोइरालाका अनुसार दिगो सोच पहिलै भएको भए आज मेलुङ गाउपालिकाको पहिलो द्धावार पवटी पर्यटकिय स्थल र आर्थिक बृद्धिमा पहिलोमा पर्ने थियो तर आजसम्म दोभानका रुपमा रहि नै आएको छ । अबको चुनावमा पार्टी सगै दिगो बिकास गर्ने शैलि परिवर्तन हुनुपर्छ । नाममा होइन काममा अघि हुनुपर्छ भनेका छन ।
साथै उनले सामाजिक सञ्जाल मार्फत सूचना प्रकाशन गरेका हुन ।
मेरो अग्रज बुद्धिजिबि समाजसेवी न्यायप्रेमी अन्य सघंसंस्था प्रत्रकार र मलाई देश बिदेश बाट चिन्ने नचिन्ने सम्पुर्ण आमा–बुबा, दाजुभाइ–दिदिबहिनीहरुलाइ मेरो न्यानो भित्रि हृर्दयदेखिनै जय राष्ट्र वाद जय राप्रपा