माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो ।

केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् ।