काठमाडौं, मंसिर ७
विचार भन्दा माथि कोही छैन त्यसै कुरालाई मध्ये नजर गर्दै दोलखा, मेलुङ गाउँपालिका वडा नंं १ स्थानीय समाजसेवी शिव भुजेलको आफ्नो भनाई निर्वाचन बारे केही टिप्पनी रहेको सामाजिक सञ्जालमा प्रष्ट छ ।
दोलखाको केही स्थानमा निर्वाचन दोहोरिने हल्ला चलाउँदै छन केही व्यक्तिहरु , यदि निर्वाचनमा धाँधली भएको हो बुथ कब्जा गरिएको हो र मतपेटिका फुटेको र मतदान दोहोरिने अवस्था सृजना भएको थियो भने किन ती बुथ बाट सर्वदलीय सहमतिमा मुचुल्का तयार गरेर मतपेटिका उठाइयो,मुख्य निर्वाचन आयोगको कार्यालयले ती ठाउँको मतपेटिका किन बुझेको अनि केन्द्रीय निर्वाचन आयोगले देश भरका १५ स्थानमा मात्र निर्वाचन दोहोरियो,अरु स्थानमा शान्तिपूर्ण मतदान सम्पन्न भयो किन भनेको रु यदि दोलखामा दोहोरिएको हो भने किन दोलखाका निर्वाचन दोहोरिने स्थानको नाम त्यही बेलुका सार्वजनिक गरिएन र आज बिहान ६ बजेको सिआइएन समचारमा पनि केन्द्रीय निर्वाचन आयोगका प्रवक्त्ताले दलिय विवादको कारण दोलखामा मतगणना हुन सकेको छैन भन्दै छन भने पुन मतदान हुने कारण चाहिँ के हो रु हामीले देख्दै र भोग्दै आएको यो संसदीय व्यवस्थामा सक्ने र पहुँच पुग्ने ठाउँमा सबै दलले बुथ कब्जा गरेकै छन ।
धन र डनको आडमा शक्ति पुगेको ठाउँमा कब्जा नगर्ने ,धाँधली नगर्ने दल कुनै छैनन। धन,डन प्रयोग नगरी र धाँधली नगरि जितेको भनेको यो पटक निर्वाचनमा भाग लिने स्वतन्त्र उम्मेदवारहरुले मात्र हो । अरु दलले हामी स्वच्छ,इमान्दार छौं भनेर जनतालाई ढाँट्नु जरुरी छैन ।
अब जनताले धेरै बुझेका छन र यसको उदाहरण हामी यही निर्वाचनमा देख्दै छौं ।मेरो विचारमा त यो व्यवस्थाको निर्वाचन यहि अन्तिम हुनुपर्छ र अब देशमा भएका पढेलेखेका बुद्धिजीवीवर्ग , युवा वर्ग, सचेत नागरिक,शिक्षक,विद्यार्थी, किसान,मजदुर ,नागरिक समाज ,पत्रकार सबैले एक पटक विद्रोह गर्नु जरुरी भएको छ ।