परम्परागत राजनीतिक शक्ति मानिने राप्रपा संसदीय राजनीतिमा कमजोर भूमिकामा रहे पनि देशभर उसको छरिएको रहेको मत भने रहेको छ । त्यही जनाधारलाई आफूतिर तान्न ओलीले केही स्थानमा दुबै राप्रपालाई भाग दिनेगरी वार्ता थालेका हुन् । २०७४ को संघीय चुनावमा तत्कालीन राप्रपा ९गाई० र राप्रपा प्रजातान्त्रिक ९हलो०ले क्रमशः १ लाख ९६ हजार ७८२ र ८८ हजार ३७७ मत ल्याएका थिए ।
यस्तै प्रत्यक्षतर्फ राप्रपाबाट लिङ्देन एमालेसँगको तालमेल गरेर विजयी भएका थिए । त्यतिबेला दुई पार्टी विभाजित अवस्थामा रहँदा दुई पार्टीले थ्रेसहोल्ड भने कटाउन सकेका थिएनन् । चुनावपछि दुई पार्टी एकीकृत भएर राप्रपा बने पनि चुनावको मुखमा राप्रपाबाट अलगिएर कमल थापाले फेरि राप्रपा नेपाल ब्यूँताएका हुन् । अहिलेको राप्रपाको चुनाव चिन्ह हलो र कमल थापाको तीर रहेको छ ।