सपना देखाउने तर काम नगर्नेलाई भोट नदिनुस्: श्री कृष्ण बहादुर बुढाथोकी

  • प्रकाशित मिति : April 3, 2022
  • कान्तिपुर सञ्चार

खुल्ला तर्फबाट हालको स्थानिय निर्वाचनमा प्रवेश गर्न तयार भएका मेलुङ गाउपालिका वडा नं. १ का श्री कृष्ण बहादुर बुढाथोकीले सपना मात्रै देखाउने तर काम नगर्नेलाई यसपालि निर्वाचनमा मतदान नगर्न आग्रह गरेका छन्।

जनतालाई सपना देखाउने तर कार्यान्वयन नगर्ने नेता र दलले लोकतन्त्रमा चुनाव जित्न नहुने पनि उनको भनाइ थियो।

मेलेङ गाउपालिका को पवटी वडा नं. १का यूवा सामाजिक अभियानताले केही साथीहरुसँगको भेट्घाटमा, उनले घोषणापत्रमा ठूला आयोजनाका कुरा गर्ने तर सत्तामा पुग्दा ती योजनामा कार्यान्वयनमा नल्याउनेलाई मत दिन नहुने बताए।

‘घोषण पत्रमा आयोजनाका कुरा लेख्ने तर काम नगर्ने दललाई भोट नदिनुहोला। सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिवद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नु हुँदैन,’ उनले भने।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, रा्जगारी, आर्थिक बृद्धि जस्ता विषयलाई अगाडि बढाइनुपर्ने बताए। ‘जनताको आवश्यकता के हुन् त्यतातिर दलहरुले ध्यान दिनुपर्छ। भ्युटावर होइन पानी ट्यांकी र धारा बनाउनुपर्छ,’ उनले भने।

शिक्षामा गुणस्तर ल्याउनुको साटो आफ्नो वडा भित्र अन्य नगरपालिकाको बस भित्रयाई आफ्ना स्थानिय बालबालिकाहरुलाई अन्यत्र लैजान दिने जस्ता कार्य गर्ने कुनै दिगो विकास तर्फका उद्देश्य नभएका नेताकार्यक्रताहरुलाई भोटले होइन अब चप्पल उठाएर कुट्नु पर्छ । आफ्नै गाउँ समाजमा प्रवेश हुन पनि दिनु हुदैन । सवै उखाने टुक्का जोड्दै आज होइन भोलिबादको अभिलासा बोकेर आएका हुन्छन ।