
सिन्धुपाल्चोकमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु भएको छ।
बिहीबार बिहान ६ बजे चौतारा साँगाचोकगढी नगरपालिका-६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकमुनी म्यादी प्रहरी मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय दुर्गा सिंह बस्नेत छन्।
उनी बुधबार अपराह्न साढे ४ बजे म्यादी प्रहरीको प्रशिक्षण समेर घर फर्किएका थिए। तर बिहीबार बिहान उनी सडकको डिलबाट ४० मिटर तल मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।