सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन- अध्यक्ष ओली

  • प्रकाशित मिति : April 20, 2022
  • कान्तिपुर सञ्चार

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताएका छन्।

ललितपुरको गोदावरीमा आज युवा संघ नेपालले आयोजना गरेको ुयुवासँग मु कार्यक्रममा उनले भने, अहिलेसम्म विकास नहुनुको कारण विकासप्रति सोच र चिन्तन नभएर हो। विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन।

उनले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताए।

युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न पनि उनले आह्वान गरे।

ुनेपाल विकसित नहुने कुनै कारण छैन। ब्रेनपावरमा नेपाल पूर्खाको पालादेखि नै अग्रणी छन्,ु उनले भने।

उनले विद्युत प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहेको पनि बताए।

अब देशको तीव्र विकास संख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने उनको भनाइ थियो। शिक्षा प्रणालीमा केही समस्या रहेको र जीवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने पनि उनले बताए।

बुधबार आयोजित जस्तै युवासँग मु कार्यक्रम हरेक वर्ष वैशाख ७ गते निरन्तरता दिन अध्यक्ष ओलीले सुझाव दिए। कार्यक्रममा विभिन्न संघसंगठनमा रहेका युवा उद्यमी, कलाकार, पेसाकर्मीले अध्यक्ष ओलीलाई विकास निर्माण र एमालेको प्रतिबद्धतासँग सम्बन्धित प्रश्न गरेका थिए।