अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी,२५ अप्रिलमा अदालतमा उपस्थित हुन आदेश

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं । भारतको उत्तर प्रदेशको मुरादावाद स्थित एक अदालतले अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी गरेको छ ।

सोनाक्षी विरुद्ध फेब्रुअरी २०१९ मा एक इभेन्ट कम्पनीबाट पैसा लिएर कार्यक्रममा नआएको भन्दै मुद्दा दर्ता भएको थियो । त्यसको सुनुवाई गर्दे अदालतले सोनाक्षीलाई २५ अप्रिलमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । कार्यक्रम आयोजकसंग सोनाक्षी र अर्का एक व्यक्तिले ३७ लाख लिएको, तर कार्यक्रममा भने नगएको भारतीय संचारमाध्यमले जनाएका छन् । सोनाक्षी कार्यक्रममा नगएपछि २०१९ फेब्रुअरीमा प्रहरीमा उजुरी परेको थियो । प्रहरीले अनुसन्धानपछि सोनाक्षी र ती व्यक्तिका विरुद्ध ठगी तथा बेइमानीको मुद्दा दर्ता गरेको थियो ।सोनाक्षीले सो कार्यक्रमको प्रमोशनल भिडियो पनि सार्वजनिक गरेकी थिइन् तर, कार्यक्रममा भने सहभागी भइनन् । उनी बिरुद्ध मुरादावादमा उक्त मुद्दा दर्तापछि सोनाक्षीले उच्च अदालतबाट रोक लगाएकी थिइन् । उक्त रोक ६ महिना भन्दा माथि लागेको थियो । भारतको सर्वोच्च अदालतको फैसला अनुसार रोक ६ महिनासम्म मात्रै मान्य हुने र त्यसपछि निष्क्रिय मानिनेछ । यसै फैसलालाई ध्यानमा राखेर मुरादाबादको एसीजेएम अदालतले सोनाक्षी विरुद्ध वारेन्ट जारी गरेको हो ।

उजुरीकर्ताका वकिलका अनुसार सोनाक्षी मुरादाबादको एसीजेएम अदालतमा उपस्थित हुनु पर्नेछ । त्यपछि अदालतको फैसला अनुसार कि उनले जमानत पाउने छिन् कि भने उनी जेल जानु पर्नेछ ।

एजेन्सी