‘अमेरिकन आइडल १८’ बाट चर्चा कमाएका दिवेश पोखरेल नेपाल आउँदै

  • प्रकाशित मिति : July 3, 2022
  • कान्तिपुर सञ्चार

असार १९, काठमाडौ । चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’ फाइनलिस्ट अर्थर गनको रुपमा परिचित दिवेश पोखरेल कन्सर्टको लागि नेपाल आउने भएका छन्।

उनले इन्स्टाग्राममार्फत कन्सर्टको लागि आफूहरू नेपाल आउन लागेको जानाकारी दिएका हुन्।

‘लामो प्रतिक्षापश्चात म कन्सर्टको लागि नेपाल आउन लागेको छु। आफ्नो जन्मभूमिमा आएर तपाईंहरु समक्ष आफ्नो प्रस्तुती दिन म निकै उत्साहित छु,’ उनले लेखेका छन्।

दिवेशको नेपाल कन्सर्टको जिम्मा ब्रेनसर्भिसले लिएको छ।

अमेरिकन आइडलको १८ औं सिजनका फाइनलिस्ट रहेका दिवेश १९ औँ सिजनमा पनि टप सेभेनसम्म पुग्न सफल भएका थिए।

उनले अमेरिकन आइडलमा क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गाएर चर्चामा आएका थिए।

दिवेश काठमाडौं कलंकीमा जन्मिएका हुन। अहिले उनी अमेरिकाको विचिता सहरमा बस्छन्।