अष्ट्रेलियामा नेपाली विद्यार्थीको माग धेरै छ

  • प्रकाशित मिति : April 10, 2022
  • कान्तिपुर सञ्चार

कर्टिन युनिभर्सिटीबारे विद्यार्थी र काउन्सिलरलाई परामर्श दिन नेपाल आएकी कविथाले अष्ट्रेलियामा नेपाली विद्यार्थीको माग एकदमै बलियो र धेरै रहेको बताइन्।
लकडाउनका कारण उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरू रोकिएका थिए। गत डिसेम्बर मध्यदेखि बल्ल अष्ट्रेलियाको नाका खुल्यो। लकडाउनअघि नेपालबाट वार्षिक १५० जना अष्ट्रेलियाको कर्टिन युनिभर्सिटी पढ्न जान्थे। बीचमा यो संख्या केही कम भए पनि अहिले फेरि तीव्र गतिले बढिरहेको कर्टिन युनिभर्सिटीका सिनियर म्यानेजर तथा ग्लोबल रिक्रुमेन्ट कविथा गनेशन बताउँछिन्।

कर्टिन युनिभर्सिटीको शिक्षास्तर विश्वकै शीर्ष एक प्रतिशतमा पर्छ। अष्ट्रेलिया, श्रीलंका, मोरिसस, सिंगापुर, दुबई जस्ता देशमा हाम्रा क्याम्पसहरू छन्, कविथाले भनिन्, दुई सयभन्दा बढी पाठ्यक्रमको विकल्प रहेको हाम्रो युनिभर्सिटीमा नेपाली विद्यार्थीको चासो बढेको देख्दा खुसी लाग्छ।

उनका अनुसार नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय शिक्षा शैलीमा पढ्न धेरै अनुकूल छन्।

नेपालका ए ग्रेड विश्वविद्यालय र कलेजहरूका उत्कृष्ट विद्यार्थी उच्च अध्ययनलाई अष्ट्रेलिया रोज्ने गर्छन्, उनले भनिन्, गुणस्तरीय शिक्षा, विश्वव्यापी नेटवर्किङको अवसर प्रदान गर्न, नीतिगत सहयोग र विद्यार्थीका लागि लचिलो पढ्ने वातावरण दिन सफल भएका कारण विद्यार्थीले पनि कर्टिन युनिभर्सिटी रोज्ने गरेको पाएका छौं।

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै महत्त्व दिइन्छ। त्यहाँ नेपाली विद्यार्थीको चाप बजारकै तेस्रो ठूलो छ।

विद्यार्थीहरू पहिले साइन्स, म्यानेजमेन्ट र इन्जिनियरिङजस्ता परम्परात्मक विषय मात्र पढ्न जाने गरे पनि अहिले विभिन्न करिअर कोर्स लिएर जान थालेको उनले बताइन्।

अहिले माग अनुसारको शीर्ष पाठ्यक्रम कम्प्युटर साइन्स, एआइ, डेटा साइन्स, माइनिङ इन्जिनियिङ, हेल्थ एडमिनिस्ट्रेसन, नर्सिङ जस्ता कोर्स छन्, कविथाले भनिन्, विद्यार्थीहरू पढाइको मामिलामा सचेत हुँदैछन् र उनीहरू आफ्नो क्षमताबारे थप विश्वस्त हुँदैछन्।

उनका अनुसार विद्यार्थीले उच्च शिक्षामा राम्रो विषय रोज्नुमा करिअर काउन्सिलरको ठूलो भूमिका हुन्छ। कर्टिन युनिभर्सिटीसँग लामो समयदेखि सहकार्य गर्दै आएको आइडिपीले विद्यार्थीलाई उनीहरूको क्षमता अनुसारको कोर्स रोज्न निरन्तर सरसल्लाह गर्दै आएको कविथाले बताइन्।

आइडिपीले राम्रो डिग्रीका साथै राम्रो विद्यार्थीलाई हाम्रो युनिभर्सिटीका भिन्न कोर्समा सिफारिस गरी विश्वव्यापी करिअरमा स्थापित गर्न मद्दत गर्दै आएको छ, कविथाले भनिन्, ती उल्लेखनीय विद्यार्थीले हाम्रो युनिभर्सिटीबाट पाएका शिक्षा र अवसरलाई नेपालको विकास र प्रवर्द्धनमा प्रयोग गर्नेछन् भन्ने हाम्रो दावी छ।

हात्तिसारस्थित आइडिपी एजुकेसन नेपाल विश्वव्यापी शिक्षा सेवा प्रदायक अष्ट्रेलियन कम्पनी हो। पचास वर्ष लामो इतिहास बोकेको आइडिपीले हालसम्म लाखौं विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सपना पूरा गर्न मद्दत गरेको छ।

आइडिपीले विद्यार्थीलाई नि–शुल्क अध्ययन परामर्श, भिसा आवेदन प्रक्रियामा सहायता गर्ने, प्रि–डिपार्चर सहयोग गर्ने जस्ता सेवा पनि दिँदै आएको छ । आइडिपी नेपालका कन्ट्री डिरेक्टेर अभिषेक श्रेष्ठले भने, हामीले विद्यार्थीको रूचि बुझेर उनीहरूलाई सबैभन्दा भरपर्दो र उत्कृष्ट कलेज र विश्वविद्यालयमा शिक्षा हासिल गर्न मिल्ने वातावरण मिलाइदिन्छौं।

पछिल्लो इनटेकमा नेपालबाट कर्टिन युनिभर्सिटीका लागि १०० प्रतिशत भिसा प्राप्त गर्न पनि आइडिपी सफल भएको उनले बताए।

अभिषेक श्रेष्ठ
कर्टिन युनिभर्सिटीले उत्कृष्ट विद्यार्थीका लागि पहिलो वर्ष २५ प्रतिशत मेरिट छात्रवृत्ति व्यवस्था गरेको छ। त्यसैगरी अंग्रेजी छात्रवृत्ति अन्तर्गत १० हप्ताका लागि निःशुल्क अंग्रेजी पढ्ने सुविधा दिएको छ।

हालै माइनिङ र मेटल इन्जिनियरिङ पढ्न इच्छुक विद्यार्थीका लागि डेस्टिनेसन अष्ट्रेलियन छात्रवृत्ति दिन थालेको छ जसमा विद्यार्थीले १५ हजार अमेरिका डलरसम्मको छात्रवृत्ति पाउनेछन्।

विद्यार्थीले आफू पढ्न इच्छुक विषयमा पूर्वअनुसन्धान राम्ररी गरी भरपर्दो करिअर काउन्सिलिङ कन्सल्टेन्सीमा सम्पर्क गरे छोटो समयमै कर्टिन युनिभर्सिटी जस्तै उच्च श्रेणीको विश्वविद्यालयमा पढ्ने अवसर जुर्न सक्छ, आइडिपी नेपालका कन्ट्री डिरेक्टेर अभिषेकले भने, समयमै भरपर्दो ठाउँबाट भिसा प्रोसेसिङ गरे छिटो भिसा आउने, छात्रवृत्ति अवसर पाउने र रोजेकै विषय र युनिभर्सिटीमा पढ्न पाउने सम्भावना धेरै हुन्छ।

अब आउने जुनजुलाइमा अष्ट्रेलिया जाने सोचेका विद्यार्थीले आइडिपी एजुकेसन नेपालजस्तो विश्वव्यापी शिक्षा सेवा प्रदायकको सहायतामा अहिलेदेखि करिअर काउन्सिलिङ लिनु ठीक समय रहेको कर्टिन युनिभर्सिटीकी ग्लोबल रिक्रुमेन्ट कविथाले जोड दिइन्।