आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • प्रकाशित मिति : July 27, 2022
  • कान्तिपुर सञ्चार

 

साउन ११, २०७९, काठमाडौं  ।  आज दिउँसो  देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती  पनि देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ । जसको प्रभावले  प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उक्त भू-भागहरुमा  पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।