आज सार्वजनिक बिदा

  • प्रकाशित मिति : July 10, 2022
  • कान्तिपुर सञ्चार

 

असार २६, काठमाडौँ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ ।  आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

आज दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायतमा  भीड लाग्छ ।​ हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।