उपत्यकामा एकैदिन २४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

  • प्रकाशित मिति : July 29, 2022
  • कान्तिपुर सञ्चार

साउन १३, काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लेन अनुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र नम्बर प्लेट नदेखिने गरी राख्ने ४० जना सवारी चालक छन् ।