एकान्तकुनामा रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

  • प्रकाशित मिति : July 27, 2022
  • कान्तिपुर सञ्चार

साउन ११, २०७९, काठमाडौं  ।  ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  एकान्तकुनास्थित सुजुकी ट्रायल सेन्टर अगाडि सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनी टिपरमा बाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल गएराती ९ बजे ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बस्ने अन्दाजी २३ बर्षीय ठगिन्द्र राई र पछाडी सवार लललितपुरकै महालक्ष्मी नगरपालिका– १४ रानीबु बस्ने अन्दाजी ३५ बर्षीय सुरज अधिकारी घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारको लागि जावलाखेलस्थित अल्का अस्पताल पठाइएकोमा उपचारको क्रममा ठगिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।