एक वर्षमा १६ करोड २० लाखको कन्डम भित्रियो

  • प्रकाशित मिति : July 26, 2022
  • कान्तिपुर सञ्चार

चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक वर्षे अवधिको तथ्यांकअनुसार साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको कन्डम आयात भएको हो ।

यस अवधिमा विदेशबाट ५ करोड २८ लाख ३७ हजार थान कन्डम भित्रिएको छ । नेपालमा विश्वका ७ वटा मुलुकबाट कन्डम भित्रिने गरको छ । भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको तथ्यांकले देखाएको छ ।जसमध्ये, भारतबाट सबैभन्दा धेरै ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कन्डम भित्रिएको छ । यस्तै, दक्षिण कोरियाबाट २ करोड ४८ लाख रुपैयाँको कन्डम भित्रिँदा दक्षिण कोरियाबाट ९६ लाख ९४ हजार रुपैयाँको भित्रिएको छ । यस्तै, मलेसियाबाट ५९ लाख रुपैयाँको आयात हुँदा चीन ५४ लाख ५२ हजार रुपैयाँको कन्डम आयात भएको तथ्यांक छ ।