ओली एक यूवकले सोधेको प्रश्नमा मौन भए

  • प्रकाशित मिति : April 20, 2022
  • कान्तिपुर सञ्चार

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयका समस्या समाधान गर्ने उपायबारे प्रश्न गरेका छन् । साथै उनीहरुले राज्यले नागरिकमाथि गर्ने व्यवहारको व्यवहारमाथि पनि प्रश्न गरेका छन् । तीमध्ये रुपन्देहीका २० वर्षे युवा सरोज भट्टराईले नेपाली राजनीतिमा राजनीतिक दल र नेताहरुले चुनावमा टिकट वितरणमा हुने आर्थिक चलखेलसम्बन्धी प्रश्न गरेका छन् ।

 

बुधबार ललितपुरमा भएको ‘युवासँग म’ विषयक अन्तरक्रियामा भट्टराई तीन विधामा प्रश्न गर्दै ओलीलाई सोधे, ‘३५ वर्षमा प्रधानमन्त्री बन्ने मार्ग खुला हुनेछ कि छैन रु न्यायाधीश बन्न पार्टीको झोला बोक्नुपर्छ कि पढ्नुपर्छ रु

ओलीलाई भट्टराईका प्रश्न 
१   मेरो नाम सरोज भट्टराई हो । म अहिले काठमाडौ स्कुल अफ लमा वीएलएलवी पढिरहेको छु । मेरा प्रश्नहरु तीनवटा विधामा छन् । खुलेर भन्न चाहान्छु म ३५ वर्षको उमेरमा केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा बस्नुभएको सिटमा बस्न चाहान्छु । के म पार्टीगत रुपमा जाँदा ३५ वर्षको उमेरमा प्रधानमन्त्रीको कुर्सीमा पुग्न सम्भव होला रु कि मैले अझैपनि बुढाहरूको झोला बोकेर ६० वर्षको भएपछि प्रधानमन्त्री ताक्ने हो कि मलाई ३५ वर्षमै त्यो मार्ग हुनेछ रु

२   म एउटा कानुनको विद्यार्थी हो । अस्ति म सर्वोच्च अदालततिर जाँदै थिएँ । त्यहाँ न्यायाधीशहरुको नियुक्ति हुँदै रहेछ । म च्यालेन्ज गरेर ओलीजीलाई भन्न चाहान्छु– तपाई मलाई सर्वोच्चको एउटा न्यायाधीशको नाम भन्नुहोस् मैले त्यो न्यायाधीश कुन पार्टीको हो भनेर भन्दिन्छु । भन्न सकिन भने मलाई थप्पड हान्नुस् । किनकी मैले सर्वोच्च अदालतमा न्यायाधीश बन्न पार्टीको झोला बोक्नुपर्छ कि पढ्नुपर्छ र

३  म अहिले भर्खर २० वर्षको भएँ, कानुन पढिरहेको छु । मलाई राजनीतिमा चासो पनि छ । मैले वीपीको विद्रोह पढेको छु, मनमोहन अधिकारीको किताब पढेको छु । पुष्पलालको पनि पढेको छु । मसँग तपाइँलाई चाहिने सम्पूर्ण राजनीतिक ज्ञान छ । म २४ वर्षको उमेरमा मलाई सिद्धार्थ नगरपालिकाको मेयरको उम्मेदवार दिनुस् भनेर भने र अर्को तपाईको अगाडि ७ करोड रुपैयाँ लिएर व्यापारी आयो भने तपाईले मलाई मेयरको टिकट दिनुहुन्छ कि ७ करोड बोकेको व्यापारीलाई दिनुहुन्छ र