काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

  • प्रकाशित मिति : April 22, 2022
  • कान्तिपुर सञ्चार

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् ।


‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ । एमालेले यसअघि गठबन्धनसँग एक्लै चुनावी प्रतिस्पर्धा गर्ने बताउदै आएको थियो ।
तर सत्ता गठबन्धनले एमालेसँग चुनावी तालमेल नगर्ने निर्णय गरिसकेको छ ।