काठमाडौंको फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा

  • प्रकाशित मिति : August 2, 2022
  • कान्तिपुर सञ्चार

साउन १७, काठमाडौ । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो ।

त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन् ।