काठमाडौंमा हैजा हुनेको सङ्ख्या १४ पुग्यो

  • प्रकाशित मिति : June 30, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै हैजा हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राले आरडीटी र दिसा कल्चर विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको बताइन् । हैजा पुष्टि हुनेमा चार महिला १० जना पुरुष छन् भने ४ जना महिला रहेका छन् । हैजा फैलनुको मुख्य कारण दूषित पानी भएको मन्त्रालयले जनाएको छ । पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो।

ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमूनामा इकोलिन फेला परेको थियो भने इडिसिडी र केयुकेयलले संयुक्तरुपमा लिएको ४९ वटा पानीको नमूना परीक्षण गरिएकोमा ३५ वटा नमूनामा इकोलिन फेला परेको मन्त्रालयले जनाएको छ ।