काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित

  • प्रकाशित मिति : July 9, 2022
  • कान्तिपुर सञ्चार

असार २५, काठमाडौँ । काठमाडौं महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ।

शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मत पारित गरेको हो।

गत असार १० गते काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पेश गरेको थियो।

पेश भएको बजेट तीन पटक छलफल भएको थियो। तीन चरण छलफल भएको बजेट संशोधन गरी शुक्रबार सर्वसम्मत पारित भएको हो।

बैठकमा नगरसभा सदस्यले बजेटमा दलित शब्द हटेको र दलित शब्द राख्न अनुरोध समेत गरेक‍ा छन्। यस्तै फोहोर नउठ्दा वडा बासीले फोहोर किन नउठेको भन्दा आफूसँग जवाफ नरहेको र त्यसबारे महानगरले जवाफ दिनुपर्ने बताइएको थियो।

महानगरका वडामा धेरै काम गर्नुपर्दा तीनवटा वडामा एकजना मात्रै इन्जिनियर खटाइँदा काम गर्न अप्ठ्यारो भएको र त्यसको लागि प्राविधिक जनशक्तिको आवश्यकता रहेको भनेका थिए।