काठमाडौं महानगरपालिकाको न्यायिक समिति गठन

  • प्रकाशित मिति : July 9, 2022
  • कान्तिपुर सञ्चार

असार २५, काठमाडौँ । काठमाडौं महानगरपालिकाको न्यायिक समिति गठन भएको छ।

काठमाडौं महानगरपालिकाको ११औं नगरसभाको छैठौं बैठकमा उपमेयर सुनिता डंगोलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो। उनीहरू निर्विरोध चयन भएका हुन्।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुने प्रावधान रहेको छ।

उक्त न्यायिक समितिमा काठमाडौं महानगरपालिकाका नगरसभा सदस्य आशा श्रेष्ठ रौनियार र कुश ढकाल निर्वाचित भएका छन्।

महानगरका मेयर बालेन शाहले नव-निर्वाचित न्यायिक समितिका सदस्यलाई सपथ ग्रहण समेत गराएका थिए।