काठमाडौं महानगर मल बनाउन क्रियाशील छ—प्रमुख शाह

  • प्रकाशित मिति : June 30, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेन ले कुहिने फोहोरलाई मल बनाउन क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले मलको हाहाकारलाई कम गर्न कुहिने फोहोरलाई मल बनाउन महानगरपालिका क्रियाशील रहेको बताएका हुन् ।

उनले जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै फरक पार्नेमा आफू सचेत रहेको बताए । प्रमुख शाहले भने, ‘काठमाडौंमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्वरता र उब्जनीको ठूलो भूमिका छ । उर्वर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भूमिका छ ।’

शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनुपर्ने बताए ।