काठमाण्डौमा अहिले चरक्क घाम, दिउँसो हल्का वर्षाको सम्भावना

  • प्रकाशित मिति : July 10, 2022
  • कान्तिपुर सञ्चार

असार २६,  काठमाण्डौ – काठमाण्डौमा बिहानैदेखि चरक्क घाम चर्किएको छ । मनसुन केही कमजोर भएकाले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम चर्केको हो ।

अन्य पहाडी जिल्लाको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर, दिउँसो र बेलुकीपख हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।

मौसमविद्का अनुसार प्रदश-१,गण्डकी र कर्णाली प्रदेशलगायत ठाउँका एक/दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । मध्यम वर्षामा पनि पहिरोको जोखिम भने कायमै रहेकाले पहाडी क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव सामान्य मात्रै रहेको छ ।