‘अब आम निर्वाचन धेरै टाढा छैन, साढे चार महिनादेखि पाँच महिनाभित्र चुनाव हुन्छ,’ काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘निर्वाचन आयोगले आमनिर्वाचनका लागि मिति नै तोकेर अनौपचारिक प्रस्ताव पठाइसकेको अवस्था छ । अब छिट्टै सरकारले चुनावको मिति तोक्नेछ ।’
मन्त्री श्रेष्ठले आयोगले एकैचरणमा भए कात्तिक ३० गते र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ गते आम निर्वाचन गर्ने मिति प्रस्ताव गरेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले आफूहरू सरकारमा रहुञ्जेल काठमाडौं महानगरपालिकाको विकासका लागि सबै खाले सहयोग पुर्याउने बताए ।