कात्तिक ३० मा प्रदेश र संघको निर्वाचन गर्न आयोगको प्रस्ताव

  • प्रकाशित मिति : June 24, 2022
  • कान्तिपुर सञ्चार

‘अब आम निर्वाचन धेरै टाढा छैन, साढे चार महिनादेखि पाँच महिनाभित्र चुनाव हुन्छ,’ काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘निर्वाचन आयोगले आमनिर्वाचनका लागि मिति नै तोकेर अनौपचारिक प्रस्ताव पठाइसकेको अवस्था छ । अब छिट्टै सरकारले चुनावको मिति तोक्नेछ ।’

मन्त्री श्रेष्ठले आयोगले एकैचरणमा भए कात्तिक ३० गते र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ गते आम निर्वाचन गर्ने मिति प्रस्ताव गरेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले आफूहरू सरकारमा रहुञ्जेल काठमाडौं महानगरपालिकाको विकासका लागि सबै खाले सहयोग पुर्‍याउने बताए ।