केही बालबालिकाहरुलाई समाजसेवी निरोज कोइरालाको साथ र सहयोग

  • प्रकाशित मिति : March 28, 2022
  • कान्तिपुर सञ्चार

दुनिया परिवर्तनीय छ, परिवर्तन कै क्रममा आज भोलि समाजसेवीहरुको माग बढ्दै गएको पाउन सकिन्छ । आज यसै गरी हामीले मेलङ गाउँपालिका वडा नं. १ पवटीमा फेला पारेका छौँ । हामीले उहाँसग केहि कुरा अन्र्तवार्तामा सोध्न बाध्य भएका थियो ।
उहाँ समाजसेवी निरोज कोइराला, मेलुङ १ मा बस्नु हुन्छ । आजको दिन उहाँले सामाजीक सञ्जाल टिकटकबाट आएको रमकले आफु नै अध्ययन गरेको विद्यालयका श्री सत्येश्वर माध्यमिक विद्यालयका ससाना भाइबहिनी विद्यार्थीहरुलाई पठनपाठनमा केही सहयोग मिलोस भनेर स्टेश्नरीका सामाग्री र खेलकुदका सामाग्री बोकेर काठमाण्डौँ देखि आफैले लिएर जानु भएको खुलासा गर्नु हुन्छ । उहाँ यो कुरा प्रस्ट पार्न चाहानु हुन्छ, यसमा कसैको सहयोग नभएको यो मेरो व्यक्तिगत रहेको र आफ्ना लागि कुनै स्वार्थ नभएको बताउनु हुन्छ । उहाँले आउदा दिनहरुमा सहयोग गर्ने खुलासा गर्नु भएको छ ।