खाद्यान्न निर्यातका लागि युक्रेन-रूस वार्तामा प्रगति

  • प्रकाशित मिति : July 15, 2022
  • कान्तिपुर सञ्चार

किएभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले खाद्यान्न निर्यातबारे रूससँगको भएको वार्तामा प्रगति भएको बताएका छन् । इस्तानबुल वार्तामा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् ।

 

केही दिनअघिदेखि इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रुस र युक्रेनका बीच वार्ता भएको थियो । वार्तामा टर्की र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।

राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार वार्तामा प्रगति भएको जनाइएको छ ।

राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ताटोलीका तर्फबाट आफूलाई दिइएको जानकारीअनुसार वार्तामा केही प्रगति भएको र त्यसमा संयुक्त राष्ट्रसङ्घ र टर्कीका प्रतिनिधि पनि सहमत भएका छन् ।

द्विपक्षीय सहमति भएपछि विश्व बजारमा युक्रेनमा उत्पादित खाद्यान्न सहजरूपमा आपूर्ति हुनेछ ।

युक्रेन, रुस र टर्कीका प्रतिनिधिहरुले यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयमा आफ्ना माग पेश गरेका थिए । त्यसक्रममा युक्रेनबाट खाद्यान्न आपूर्तिको प्रयासलाई सफल बनाउनेबारेमा छलफल भएको थियो ।

युक्रेन युद्ध र त्यसको प्रभाव विश्वभर परेको छ जसका कारण विश्वका विभिन्न देशमा खाद्यान्नको अभाव भएको छ ।