गभर्नरको राजीनामा माग्दै नेविसंघको मशाल जुलुस

  • प्रकाशित मिति : July 18, 2022
  • कान्तिपुर सञ्चार

साउन २, दोलखा । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेको छ।

नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि सडकमा आइतबार साँझपख मशाल जुलुश निकालेको थियो।

नेकपा एमालेले अर्थ तथा योजना विभागमा राखेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै नेविसंघले गभर्नरबाट राजीनामा माग गरेको हो।

नेविसंघ आरआरका नेता अनुराग शाहले गभर्नर कुनै पार्टीको कमिटीमा बस्न नमिल्ने भएकोले राजीनामा माग गर्नुपरेको बताए।

एमालेले भने आफूहरूले राखेका एम अधिकारी गभर्नर नभएको दाबी गर्दै आएको छ।

यस्तै नेविसंघलगायत विद्यार्थी संगठनले गभर्नर अधिकारीको राजीनामा माग गर्दै आइतबार बालुवाटारमा प्रदर्शन गरेका थिए।