गाउले कथा सग सहरीय व्यथा

  • प्रकाशित मिति : July 7, 2022
  • कान्तिपुर सञ्चार
असार २३, दोलखा । हरेकले असार १५ आफना तरिकाले मनाए तर गाउ घरमा भने हिजो आज असार १५ लाग्दै छ ।
अहो! आजा त हाम्रो खेतमा पनि रोपाइँ चलिरहेको रहेछ। बहिनीले फेसबुकमा फोटो हालेपछी पो थाहा पाए। आम्मै! घर छोडेर हिँडेको पनि धेरै पो भैसकेछ। वसन्तले पनि सवार गर्दै रहेछ। शहर बसेर त कहाँ थाहा पाउनु र बहिनीले फेकबुकमा हालेको फोटोले महसुस दिलायो। चारैतिर हरियाली, अनि कसैको खेतमा धान रोपेर हरियो भैसकेको, कसैको खेतमा भर्खरै रोपेर छाडेको, कसैको खेतमा खेतालाहरु रमाउँदै रोपाई गरिरहेको आहा देखेरनै मन प्रफुल्ल भयो। फोन नगरी बस्न मन नै मानेन फोन गरेर सबैसँग बोले । आमा, दिदिबहिनीहरु अनि दाजुभाइहरु भन्दै हुनुहुन्थ्यो,” पोहोर साल पो तँ पनि थिइस कति रमाइलो भको थियो। हेर न यो साल हामी मत्रै झन रमाइलो गर्दै छौ।”
यी शब्दले पनि मनै खायो। साँच्चै कति रमाइलो भएको थियो अघिल्लो वर्षको रोपाईमा। माथिबाट धानको बीउ फाल्ने निहुले हिलो छ्याप्दा अनि गोरुको पुच्छर तान्दै कुदाउँदा। वरिपरि को हरियाली दृश्य, धानको बिउको मगमग बास्ना, सगै रोपार बाउसेके भाका हालेको मीठो असारे भाका अनि त्यही भाकामा रमाएर सगै छेउको रुखमा बसेर आफ्नै स्वरमा गित गाइरहेको कोइली चरी अनि कोइली चरिको भाकामा नाच्ने मयुर। आहा! यो सबै देखेर रमाउने हामी।
पानो परेर पानीले भिज्दा पनि रमाउदै काम गर्ने अनि घामले पोल्दा पनि त्यतिकै रमाएर काम गर्ने हामी तर यो वसन्तले मलाई बिर्सियो या त मैले वसन्तलाई बिर्सिए सबै जना खेतमा रमाइरहँदा म त सहरको कुनै साहुको काम गर्दै आफ्नै संसारमा हराइरहेछु।
साथ हुन नपापनी पुराना याद धेरै छन त्यही यादमा रमाएर सबैलाई सम्झिदा सम्झिदै कामत भुसुक्कै बिर्सिएछु बन्द गरे है