ग्वार्काेमा ट्याक्सीमाथि बस पल्टियो, ट्याक्सी चालक घाइते

  • प्रकाशित मिति : July 27, 2022
  • कान्तिपुर सञ्चार

साउन ११, २०७९, काठमाडौं  ।  ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बा.३ ख  ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।

आकाशे पुल नजिकै दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।