घर टहरा हटाउन ३५ दिने सूचना, टुकुचा किनारका

  • प्रकाशित मिति : July 29, 2022
  • कान्तिपुर सञ्चार

साउन १२, काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको किनार क्षेेत्रमा स्वीकृत नक्सा विपरीत बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन लागिएको हो ।

घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ । महानगरको शहरी विभाग प्रमुख सुरज शाक्यका अनुसार उक्त क्षेत्रमा ३ वटा पक्की घर र फ५-७ वटा टहरा निर्माण भएका छन् । महानगरले ३५ दिन भित्र घर टहरा नहटाएमा आवश्यक कारबाही गर्ने शाक्यले जानकारी दिए ।

काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत नक्सा विपरीत भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घर/टहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवनहरु यो सूचना जारी भएको ३५ दिनभित्र हटाउनुहुन अनुरोध गरिएको छ