चैते धान रोप्ने चटारो

  • प्रकाशित मिति : April 12, 2022
  • कान्तिपुर सञ्चार

चैतको चर्को घाम गर्मी र सुख्खा मौसमबीच किसानहरू खेतमा व्यस्त छन्।

यतिबेला चैते धान रोप्ने चटारोमा किसानहरू छन्। चैतमा रोपेर असारमा भित्र्याउने धान रोप्न धादिङका किसानहरू व्यस्त छन्।

अधिकांश ठाउँमा रोपाइँ सकिए पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेववेशी वरपर चैते धान रोप्दै गरेको मनमोहक दृश्य देख्न सकिन्छ।

स्थानीयका अनुसार चैतको शुरुवातमै धान रोपिसक्नु पर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाईं गर्नु परेकोले केही ढिला भएको हो।

अब यो धान असारमा पाकेपछि फेरि अर्को धान नै रोपिन्छ।