जनताप्रति उत्तरदायी भएर काम गर्नुहोस्: उपसभापति खड्का

  • प्रकाशित मिति : July 8, 2022
  • कान्तिपुर सञ्चार

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन्।

कांग्रेस स्याङ्जाले बिहीबार पुतलीबजारमा गरेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका बेला मतदाताले गरेका अपेक्षाहरु पूरा गर्न तथा जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न सुझाव दिएका हुन्।

‘कांग्रेसले तयार पारेको घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई पूरा गर्ने गरी जनप्रतिनिधि लाग्नुहोस्। पार्टीको आधिकारिक घोषणापत्रअनुसार अगाडि बढेको खण्डमा जनताको विश्वासनीयता पार्टीप्रति बढ्दै गई पार्टी बलियो हुँदै जानेछ,’ उनले भने।

स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताले अनुभूति गर्ने गरी कार्य सम्पादन गर्न जनप्रतिनिधिलाई उनले आग्रह पनि गरेका थिए।

 

प्रकाशित मिति: शुक्रबार, असार २४,