दुई दिने शिशुसहित एकैघरका पाँच जना मृत फेला

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

 ललितपुर,२३ फागुन  । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुमा दुई दिने शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।चार जनाको घरमै र शिशुको उपचारको क्रममा मृत्यु भएको हो । ५५ वर्षीया काइँली स्याङ्तान, उहाँकी बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीया नातिनी आशमा स्याङतानको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिनुभयो ।

शिशुको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । २३ वर्षीय सुभास स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घरभित्र आगो बालेको कोइला देखिएको र थप अनुसन्धान शुरु गरिएको जनाएको छ।