दुनिया बद्लिएको कसैले चाल पाएन, २१औँ शताव्दिको निर्वाचनीय कानून

  • प्रकाशित मिति : April 17, 2022
  • कान्तिपुर सञ्चार

 

यो दुनिया २१औँ शताव्दिको हो । तर कसैले चाल पाएको छैन कि कसरी बद्लिदै छ भनेर, कसरी चाल पाउन कोही कसको अघि र कोही पछि गदै आफ्ना व्यक्तिगत स्वार्थ बोकेर हिडिरहेको । कसले आएर सोधि दिन्छ ति दुखि आम जनताहरुलाई कोही छैन तिनिहरुका मनका भावना साचिकै बुझिदिने । कतैबाट त आउलान नि भन्ने आशामा रहेका ति अभिभावक भित्र–भित्र रुदै हिडेका छन् । आखिरमा कसैले बुझिदिने र बुझाउने तत्व नै आज सम्म देखिएको छैन । स्वार्थ नै स्वार्थले भरिएको यो जीवनमा भरिभराउ बनाउन खोज्दा खोज्दै कहिले कसरी बद्लियो यो दुनिया आखिरमा कसैले चालन नै पाउन सकेन ।

यो यथार्थ कथा हो हिजोको गाँउ र आजको शहर विचको
त्यही गाँउबाट एक जोर चपलमा केहि दिन हिड्दै–हिड्दै आएका ति यूवाहरु गाँउलाई अमेरिका बनाउने सपना देखेका थिए । अमेरिका बनाउने लोभमा आज यहि शहरमा लोभिन बाध्य भएका छन । आखिरमा कसरी भयो होला त गाँउको परिवर्तन, न कुनै योजना नै सही तरिकाबाट पुरा नै गर्न सकिराखेका छन नत पुरा नै गर्न सकिराखेका छन ।

राज्यको उत्पत्तिसँगै शासक र शासितको सम्बन्ध स्थापित हुन पुगी शासनमा शासितको इच्छा पनि प्रतिविम्बित प्रणालीको अवधारणा अगाडी आएको पाइन्छ । कसैका तर्फबाट अर्कोले कार्य गर्ने अख्तियारी पाउनु प्रतिनिधित्व हो । साविकमा स–साना साज्यहरुमा सबै जनता एक ठाउँमा भेला भई सार्वजनिक निर्णयहरु गर्थे । जनसंख्याको विस्तार एवम् राज्यहरुको एकीकरणसँगै जनता सत्ता र सरकारभन्दा टाढा रहने अवस्था समेतका कारणले हरेक निर्णयहरु गर्न जनता सामेल हुन नसक्ने परिस्थितिका कारण अप्रत्यक्ष÷ चुनिएका प्रतिनिधिमार्फत् शासनमा जनताको सहभागिता गराउने पद्धतिको विकास हुन पुगेको पाइन्छ ।

प्रतिनिधित्व वास्तवमै लोकतन्त्र र मानव अधिकारसँग सम्बन्धित सिद्धान्चका रुपमा रहेको हुन्छ । जनता सबैले आफैले प्रत्यक्ष रुपमा शासकन सञ्चालन गर्न र नियन्त्रण गर्न सम्भव नहुने भएकोले प्रतिनिधित्वमार्फत शासनमाथि नियन्त्रण गर्ने र सञ्चालन गर्ने गरिन्छ ।

प्रतिनिधित्व प्रणालीलाई सार्थक बनाउने माध्यम निर्वाचन हो । प्रत्यक्ष लोकतन्त्रको अभ्यास असम्भव प्रायः हुँदै जाँदा अप्रत्यक्ष लोकतन्त्र अर्थात् जनप्रतिनिधि मार्फत् जनताले सार्वभौमसत्ताको प्रयोग गर्न अपनाइने गतिलो माध्यम निर्वाचन हो । धेरै नागरिकको प्रतिनिधित्व तुलनात्मक रुपमा थोरै व्यक्तिले गर्नेगरी छनौटका लागि अपनाइने विधि, प्रक्रिया एवम् पद्वति निर्वाचन हो ।

निर्वाचनलाई लोकतन्त्रको मुटु मानिन्छ । व्यवथित रुपमा निर्वाचन सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण कानुनी प्रावधानहरुको व्यवस्थित र एकीकृत रुपलाई निर्वाचन कानुन भनिन्छ । राजनैतिक चेतना भैसकेका बालिग (हाम्रो देशमा १८ वर्ष सउमेर पुगेका) मतदाताले स्वतन्त्र रुपमा छनौट गरेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न, निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न, निर्वाचनमा हुने दलीय विवाद र हिंसा÷अपराधहरुको न्यूनीकरण गर्न, मतदातालाई भय रहित वातावरणमा मतदान गर्ने वातावरण सृर्जना गर्न, दलहरुमा बिना हिंसा प्रचारप्रसारको सुनिश्चितता गर्न, मतदान केन्द्रहरुमा ममतदाताको निर्बाध महुँच सुनिश्चित गर्न, पर्यवेक्षणको माध्यमबाट निर्वाचनको विश्वसनीयता बढाउन तथा स्वतन्त्र निकायबाट निर्वाचन सञ्चालन जस्ता विषयहरुलाई व्यवस्था गर्नु आवश्यक छ ।