धादिङको नीलकण्ठ नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

  • प्रकाशित मिति : May 19, 2022
  • कान्तिपुर सञ्चार

धादिङ — धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा भीमप्रसाद ढुंगाना विजयी भएका छन् । उनी १४ हजार ५ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गरिन् । ढुंगानाको यो दोस्रो कार्यकाल हो । २०७४ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर मेयरमा विजयी भएका थिए । यसपटक पनि उनी तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका हुन् । उपमेयरमा माओवादीका दीपक विश्वकर्मा विजयी भएका छन् । उनले ९ हजार ६ सय ९३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार फन्द्रा तामाङले ७ हजार ९ सय १३ मत प्राप्त गरे । माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडा नं. १ मा गणेशबहादुर गुरुङ, वडा नं. २ मा ध्वजबहादुर गुरुङ, वडा नं. ५ मा रामबहादुर श्रेष्ठ, वडा नं. १४ मा नमराज विजयी भएका छन् । त्यस्तै कांग्रेसबाट वडा नं. ६ मा भुपेन्द्रकुमार श्रेष्ठ, वडा नं. ७ मा गौतमहरि अधिकारी, वडा नं. ९ मा राजन बराइली, वडा नं. १० मा सरोज पाण्डे, वडा नं. ११ मा रामबहादुर श्रेष्ठ, वडा नं. १२ मा धर्मराज भण्डारी, वडा नं. १३ मा सोमबहादुर गुरुङ विजयी भएका छन् । नेकपा एमालेबाट वडा नं. ४ मा हरिबहादुर श्रेष्ठ विजयी भएका छन् । वडा नं. ३ मा राजकुमार श्रेष्ठ र वडा नं. ८ मा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । दुवै जना स्वतन्त्र उम्मेदवार हुन् ।