नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालको विद्यार्थी संगठनद्वारा राँके जुलुस

  • प्रकाशित मिति : July 27, 2022
  • कान्तिपुर सञ्चार

साउन ११, २०७९, काठमाडौं  ।  संसदबाट पास गरिएको नागरिकता विधेयकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंको कीर्तिपुर क्षेत्रमा राँके जुलुस प्रदर्शन गरेको छ । मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।

नागरिकता विधेयकको बुँदाहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित विपरित भएको  उनीहरुको भनाइ छ। नागरिकता संवेदनशील विषय भएको मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै  विद्यार्थी  संगठनले संसदबाट पास गरिएको नागरिकता विधेयकको विरोध गरेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए ।