निजिको खेति चुनावी माहोलमा मात्र कार्यकर्ता र नेता गाँउ गाँउ घुम्ने क्रम जारी

  • प्रकाशित मिति : March 28, 2022
  • कान्तिपुर सञ्चार

उद्देश्य नै पूरा नहुने राजनीतिक स्टन्टले मतपेटिकासम्म मतदातालाई पुर्याउन सक्दैनन्। तर पनि, यही‘ स्टन्टमा रमाएका छन्, नेपालका राजनीतिक दलहरू।

आफूले चुनाव जितेको क्षेत्र छोडी एमालेका कार्यकर्ता नेता लगाएत अन्य पाटीका नेताहरुले आफना व्यक्तिगत स्वार्थका कारण विभिन्न विपक्षका पाटीहरुमा प्रवेश गरि रहेका छन। उदाहरणका लागि वीरगञ्जका नगर प्रमुख विजय सरावगी आफूले चुनाव जितेको जसपा तत्कालीन संघीय समाजवादी पार्टी छाडेर २८ फागुनमा तामझाम सहित एमाले प्रवेश गरे।उनलाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली आफैं वीरगञ्ज पुगेका थिए। एमाले प्रवेश गरेपछि उनको भनाइ सार्वजनिक भयो, ‘कांग्रेसमा जान चाहन्थेँ, एमालेतिर लागेँ।’

चुनाव नजिकिँदै जाँदा एउटा पार्टीका छाडेर अर्को प्रवेश गर्ने अनि टिकट पक्का गर्ने यो ट्रेन्ड खासै नौलो होइन। वीरगञ्ज नगर प्रमुख सरावगी त्यो ट्रेन्डको पछिल्लो कडी मात्र हुन्। ३० वैशाखका लागि तय भएको पालिका निर्वाचन नजिकिँदै जाँदा एकअर्का पार्टीमा प्रवेशको लहर चल्न थालेको छ। तर, राजनीतिका जानकारहरू यसलाई राजनीतिक स्टन्ट मात्र ठान्छन्। एकातिर अर्को पार्टीका कुनै नेता आफ्नोमा प्रवेश गरेको प्रचार गराएर भोट बटुल्ने रणनीतिका रूपमा उनीहरू यसलाई अर्थ्याउँछन्।

२४ फागुनमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पनि एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैँले पार्टी प्रवेश गराए। २६ फागुनमा पर्सा पोखरिया नगर प्रमुख दीपनारायण रौनियारलाई पनि देउवाले आफैँले भव्य समारोहमा कांग्रेस प्रवेश गराए। उनी नेपाली जनता दलबाट नगर प्रमुख निर्वाचित भएका हुन।

एक पार्टी छाडि अर्कोमा प्रवेशको सूची लामै छ। त्यसमै जोडिएका छन्, मोरङ रंगेलीका नगर प्रमुख दिलिप बगडिया र उपप्रमुख केशवकुमारी खराल पनि। उनीहरू २५ फागुनमा माओवादी केन्द्र छाडेर तीनजना वडाध्यक्षसहित एमालेमा प्रवेश गरे। उनीहरूलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आफैँ रंगेली पुगे।

त्यसको एक दिनअघि २४ फागुनमा बैतडी शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द एमाले छाडेर कांग्रेस प्रवेश गरिन्। त्यसअघि २८ माघमा लोसपाका नेता राजेशमान सिंह एमाले प्रवेश गरेका थिए। उनी तत्कालीन राजपाबाट वीरगञ्जका मेयर उम्मेदवार थिए।

त्यसको काउन्टर हो, २२ माघमा कृष्णनगर नगर प्रमुख रजतप्रताप शाहको कांग्रेस प्रवेश। कांग्रेसका संघीय सांसद अभिषेकप्रताप शाहले उक्त नगरपालिकाका तीनजना वडाध्यक्षसहित नगरप्रमुखलाई पार्टी प्रवेश गराए।

आगामी चुनावको तयारी त एमालेले सत्तामै छँदा शुरु गरिसकेको हो। सोही तयारीको उपज हो, अर्को पार्टीका नेतालाई आफूतिर तान्ने अनि हजारौँ कार्यकर्ताले पार्टी प्रवेश गरेको दाबी गर्ने शैली पनि। जस्तो ६ पुसमै कपिलवस्तु पुगेर एमाले अध्यक्ष ओलीले जसपाका नेता मंगलप्रसाद गुप्तालाई पार्टी प्रवेश गराएका थिए। कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेसको गढ भत्काउने ध्याउन्न प्रधानमन्त्री छँदै ओलीले सार्वजनिक गरेका थिए। बुटवलमा आयोजित एक सभामा उनले उक्त क्षेत्रको नामै लिएर कांग्रेसको गढ भत्काउन कार्यकर्तालाई निर्देशन दिएका थिए।

त्यसको काउन्टर हो, २२ माघमा कृष्णनगर नगर प्रमुख रजतप्रताप शाहको कांग्रेस प्रवेश। कांग्रेसका संघीय सांसद अभिषेकप्रताप शाहले उक्त नगरपालिकाका तीनजना वडाध्यक्षसहित नगरप्रमुखलाई पार्टी प्रवेश गराए। नगर प्रमुख शाहले स्वतन्त्र हैसियतमा ०७४ सालको पालिका निर्वाचन जितेका थिए। उनीसहित एक हजारभन्दा बढी समर्थक पार्टीमा प्रवेश गरेको कांग्रेसको दाबी छ।

यही कडीमा जोडिए खोटाङ ऐंसेलुखर्कमा २९ फागुनमा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका १८ जना नेता कार्यकर्ता। उनीहरूलाई उक्त क्षेत्रका सांसद तथा प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी प्रवेश गराए।

पार्टी प्रवेश गराउने यस लहरमा माओवादी केन्द्र पनि पछाडि पर्ने कुरै भएन। २९ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य पूर्णबहादुर तामाङसहित एमाले, कांग्रेस र राप्रपाका केही नेता कार्यकर्ताहरुलाई काठमाडौं बोलाएर पार्टी प्रवेश गराए। २८ फागुनमा प्रचण्डले सुर्खेतमा आयोजित प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा जिल्ला समन्वय समितिमा कांग्रेसबाट उपप्रमुख बनेका ज्ञानीप्रसाद शर्मालाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए। २८ फागुनमा मात्र कपिलवस्तुमा विभिन्न पार्टीका ४५० भन्दा बढी कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको दाबी माओवादीले गरेको छ।

केही नवप्रवेशीलाई अबिर र खादा लगाइदिँदै प्रचण्डले ९ फागुनमा भनेका थिए, ‘हाम्रो पार्टीमा प्रवेशको लहर नै चलेको छ।’ तर, पार्टी प्रवेश गराउने मामिलामा उनी कांग्रेस र एमालेभन्दा पछाडि नै देखिन्छन्। कारण राजनीतिक स्टन्ट गर्ने गरी प्रभावशाली नेताहरूलाई उनले माओवादीमा प्रवेश गराउन सकेका छैनन्।

पहिलो उपलब्धीविहीन

चुनावको मुखमा अर्को पार्टीका मतदाता तान्ने प्रयास गर्नुलाई स्वाभाविकै मान्न सकिन्छ। तर, नेता नै तान्ने ट्रेन्ड कति प्रभावकारी हुन्छ भने जानकारहरू भन्छन्, मतदाताको तहबाट कमै मात्र नेताको पछाडि लागेर अर्को पार्टीमा जान्छन्। उदाहरण थाहा पाउन टाढा जानु पर्दैन, भारत उत्तर प्रदेशमा हालै सम्पन्न विधानसभा निर्वाचनलाई हेरे पुग्छ।

विधानसभा चुनावको मुखमै एकपछि अर्को गर्दै गैर, यादव र अदर ब्याकवार्ड क्लासका नेताहरूले भाजपा छाडे, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उनीहरूलाई धमाधम पार्टीमा भित्र्याए। धेरैलाई लाग्यो, यो अखिलेशको मास्टर स्ट्रोक हो। तर, त्यो मास्टर स्ट्रोक ठहरिएन। किनकि, ती नेताहरूले आफूलाई प्राप्त हुने भाजपाको भोट समाजवादीको पोल्टामा पार्न सकेनन्। आफू पनि पराजित भए, समाजवादीको भोट पनि बढाउन सकेनन्। त्यो थियो त केवल राजनीतिक भागबण्डा।

विजयकुमार गच्छदारले ०७४ सालको चुनावको मुखैमा आफ्नो पार्टी फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराए। त्यसको उपलब्धी भने निकै कमजोर देखियो। किनकि, सुनसरीमै एमालेकी भगवती चौधरीलाई पराजित गर्न गच्छदारलाई हम्मे पर्यो।

नेपालका राजनीतिक दलहरूले पनि त्यही शैली वर्षौंदेखि अपनाउँदै आएका छन्। जस्तो ०७४ सालको आम निर्वाचन नजिकिँदै जाँदा एमालेका प्रभावशाली नेता मोहनसिंह राठौर कांग्रेस प्रवेश गरे र आफ्नो गृहक्षेत्र कैलाली २ मा उम्मेदवार बने। ०६४ सालमा शिक्षा राज्यमन्त्री बन्दा स्वकीय सचिव रहेका झपट रावलले उनलाई एक हजार ८४४ मतले पराजित गरे। हुन त, त्यतिबेला एमाले र माओवादी केन्द्रबीच चुनावी सहकार्य थियो। त्यसैले राठौरले ल्याएको मत कमजोर थिएन, बलियो थियो। तर, आफूले सोचे जस्तो समर्थकको मत पनि उनले प्राप्त गर्न सकेका थिएनन्, उनले कारण ती समर्थकले एमाले र माओवादी बीच चुनावी सहकार्यबीच जित्ने पार्टीलाई नै मत दिने मनोविज्ञान देखाइदिए।

विजयकुमार गच्छदारले ०७४ सालको चुनावको मुखैमा आफ्नो पार्टी फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराए। त्यसको उपलब्धी भने निकै कमजोर देखियो। किनकि, सुनसरीमै एमालेकी भगवती चौधरीलाई पराजित गर्न गच्छदारलाई हम्मे पर्यो।

राजनीतिमा ‘स्टन्ट’को कुनै अर्थ हुँदैन। आफ्नो उद्देश्यले जसले ‘म्याटेरियलाइज्ड’ गर्छ, त्यो मात्र सफल हुन्छ। उद्देश्य नै पूरा नहुने राजनीतिक ‘स्टन्ट’ले मतपेटिकासम्म मतदातालाई पुर्याउन सक्दैनन्। तर पनि, यही ‘स्टन्ट’मा रमाएका छन्, नेपालका राजनीतिक दलहरू।

अनुभवीको कुरा बेग्लै

जीवनको महत्त्वपूर्ण अध्याय एमालेमा खर्चेका एकीकृत समाजवादीका केन्द्रीय सदस्य दामोदर अर्यालले एमालेमा छँदा धेरैको राजनीतिक करिअर अगाडि बढाए। उनी एमालेको केन्द्रीय युवा तथा खेलकुद विभाग सचिवको जिम्मेवारी पनि सम्हाले। काठमाडौं स्थित रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापति पनि थिए, कुनै बेला। बर्दियामा भूगोलमा एमालेका राम्रो संगठक उनले यसबीचमा धेरैलाई पार्टी र जनवर्गीय संगठनको उपल्लो तहसम्म पुग्ने आधार तयार पारिदिए। तर, जब अध्यक्ष ओलीको कार्यशैलीसँग विमति राख्दै उनी आफैँ एमाले छाडेर एकीकृत समाजवादीमा समाहित भए, आफैँले जग तयार पारिदिएका कार्यकर्ताले साथ दिएनन्।

‘आफैँले बनाएका कोही मसँग आएन, एमालेमै बसे,’ उनी भन्छन्, ‘अहिले पनि उनीहरू भेट्न आउँछन् अनि हामीलाई एक्लो बनाउनुभयो भनेर दुःखेसो गर्छन्। मेरा लागि उनीहरू ज्यान दिन तयार छन्। घरायसी समस्यामा अहिले पनि उनीहरू नै अगाडि सरेर सहयोग गर्छन्। तर, पार्टीमा आउन न त भन्दा मान्दैनन्।’

राजनीतिलाई उनी आस्थाको संज्ञा दिन्छन् । कुनै दलप्रति आस्थावान मानिसलाई उनीहरूको मनबाट त्यो आस्था हटाउन सकिँदैन, अर्याल भन्छन्, तर, सामाजिक जीवनमा गैरराजनीतिक भूमिकामा रहेका व्यक्तिहरू मात्र पार्टी परिवर्तन गर्न तयार हुन्छन्। र, पार्टीहरूले पनि भोट बटुल्न सकिने गैरराजनीतिक व्यक्तिलाई चुनाव लडाउन चाहन्छन्।

जस्तो एमाले अध्यक्ष ओलीले मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद छाडेको र व्यक्तिवादी प्रवृत्तिमा लिप्त भएको देखेर नै माधवकुमार नेपाललगायत नेताले एकीकृत समाजवादी जन्माएका हुन्। राजनीतिका पागल प्राणीहरू, जो सधैँ निष्ठा र सिद्धान्तको वकालत गर्छन्, ले पार्टी परिवर्तनको मार्ग अपनाउँछन्।

जस्तो कुनैबेला अभिनेता भुवन केसी पनि एमालेमा प्रवेश गरेका थिए हाल कहि कतै राप्रपामा प्रवेश गरेर काठमाण्डौ क्षेत्रवाट मेयर लड्ने कुरा उठिनै रहेको यर्थाथ चित्रण गर्न सकिन्छ। गायिका कोमल वली त एमालेबाट राष्ट्रियसभा सदस्य नै बनिन्। अभिनेत्री रेखा थापा राप्रपाको प्रभावशाली नेतृ छिन् र यही चुनावमा मेयर उठ्ने सन्सनी खबर आइरहेको छ। उद्योगी विनोद चौधरी एमालेबाट समानुपातिक सभापति बनेका थिए, अहिले कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य छन्। त्यो सबै राजनीतिमा लाग्दा प्राप्त हुने प्रतिष्ठाका लागि भएको ठम्याउन गाह्रो पर्दैन। पार्टीहरूलाई पनि सामाजिक जीवनका विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएका व्यक्तिलाई प्रवेश गराउँदा आम मतदातामा राम्रो प्रभाव पार्न सकिने लोभ देखिन्छ। दोलखा मेलुङ गाउँपालिका प्रमुख श्रेष्ठ पनि त्यही प्रतिष्ठा प्राप्तिका लागि राजनीतिमा आएका हुन्। उनी पनि प्रतिष्ठित व्यापारी हुन्।

यसको दोस्रो आयाम पनि छ। जब कुनै पार्टी प्रमुखले विचार र सिद्धान्त छाड्यो भन्ने लाग्छ, त्यसप्रति निष्ठावान नेता कार्यकर्ता नयाँ पार्टी गठनमा लाग्छन् या आफ्नो आस्था सुरक्षित हुन सक्ने देखेको दलमा प्रवेश गर्छन्। जस्तो एमाले अध्यक्ष ओलीले मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद छाडेको र व्यक्तिवादी प्रवृत्तिमा लिप्त भएको देखेर नै माधवकुमार नेपाल लगायत नेताले एकीकृत समाजवादी जन्माएका हुन्। राजनीतिका पागल प्राणीहरू, जो सधैँ निष्ठा र सिद्धान्तको वकालत गर्छन्, ले पार्टी परिवर्तनको मार्ग अपनाउँछन्।

पार्टीप्रतिको त्यही लगाव पागलपन कै कारण एमालेका १० भाइले पार्टी परित्याग गरेनन्। एमाले छाड्न तयार नभएकै कारण उनीहरू विरुद्ध एकीकृत समाजवादीका नेता कार्यकर्ताले बेलाबेलामा बदनाम गराउने प्रयास गरिरहेको देखिन्छ। तै पनि, उनीहरू एमालेबाट डगमगाएका छैनन्, त्यहीँ रमाएका छन्।

मतदाताको आयाम बेग्लै छ। अधिकांश मतदाताले जित्ने उम्मेदवार रोज्छन्। आफू जित्दैछु भन्ने भ्रम मतदातामा सिर्जना गराउनकै लागि हो, दलहरूले विशाल जनसभा र र्याली आयोजना गर्नुको अन्तर्य पनि। प्रायः आफ्नो मत खेर जान नपाओस् भन्ने मनोविज्ञान हुन्छ, मतदातामा, अर्याल भन्छन्, अर्का खालका मतदाता सधैँ नकारात्मक सोचमा देखिन्छ। त्यस्तो मतदाताले एकपटक एमालेलाई भोट दिएको छ भने अर्कोपल्ट कांग्रेस रोज्छ। उनको अध्ययनमा त्यस्तो मतदाताले कुन चुनावमा कसलाई भोट हाल्छ भन्ने बुझ्न कठिन हुन्छ। त्यस्तो मतदाताले काम गरेर देखाएको जनप्रतिनिधिलाई पनि भ्रष्टाचार गरेको आरोप लगाउँछ।

यसपटकको चुनावमा मतदाताको एमसीसी आयाम थपिएको छ, महाकाली सन्धिको समयमा भएका चुनावमा जस्तै। त्यतिबेला महाकाली सन्धिलाई राष्ट्रघात ठानेको मतदाताले यसपटक एमसीसीलाई राष्ट्रघात मानेको छ।

मतदाताको तेस्रो आयाम पनि छ। त्यस आयामका मतदाताले आफूलाई सहयोग गरेको हुन्छ, उसैले मत दिन्छ। त्यस्तो आयामको मतदाताले पार्टी हेर्दैन, व्यक्ति हेर्छ। व्यक्ति पनि आफूलाई सहयोग गरेको मात्र रोज्छ। चौथो आयामको मतदाता जीवनभर जसलाई भोट दिँदै आएको छ, त्यसभन्दा बाहिर जानै सक्दैन। त्यो आस्थावान मतदाता हो।

यसपटकको चुनावमा मतदाताको एमसीसी आयाम थपिएको छ, महाकाली सन्धिको समयमा भएका चुनावमा जस्तै। त्यतिबेला महाकाली सन्धिलाई ‘राष्ट्रघात’ ठानेको मतदाताले यसपटक एमसीसीलाई राष्ट्रघात मानेको छ। र, त्यो आयाममा बसेको मतदाताले एमसीसी पारित गर्ने पक्षमा रहेका दल र तिनका उम्मेदवारलाई भोट नदिने निश्चितजस्तै छ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य अर्याल मतदाताको यी विभिन्न आयाम नबुझी चलिरहेको पार्टी परिवर्तनको लहरको कुनै तुक देख्दैनन्। भन्छन्, ‘नेताहरू मात्र जाने हुन्, मतदातासम्म त्यो लहर पुग्दैन।’ मतदाताको यही ट्रेन्ड बुझ्न नसकेका ठूला नेता पनि अहिले राष्ट्रिय राजनीतिबाट ‘सिन आउट’ भएका छन्। अब उनीहरूको व्यक्तित्वले कुनै प्रभाव पार्नेवाला छैन।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा पनि पार्टी प्रवेश र परित्यागको लहरलाई स्टन्टका रूपमा मात्र लिन्छन्। ‘नेताहरूले पार्टी परिवर्तन गर्छन् तर मतदाताको सानो संख्याले मात्र उनीहरूलाई साथ दिन्छ,’ उनी भन्छन्,
‘पार्टी प्रवेशको हल्ला गरेजस्तो केही हुँदैन। फलानो मानिस पनि हाम्रो पार्टीमा आयो भनेर सामाजिक मनोविज्ञान सिर्जना गर्न मात्र गरिने हुन् यस्ता गतिविधि।’

खतिवडाको बुझाइमा एक ठाउँको प्रभावशाली नेता कुनै पार्टी परित्याग गरेर अर्कोमा प्रवेश गरेको छ भने त्यसको प्रभाव अर्को जिल्लामा पर्छ। अन्य जिल्लामा पुगेर सम्बन्धित पार्टीका नेताहरूले मतदातालाई ‘ट्विस्ट’ गर्ने प्रयास गर्छन्। स्थानीय स्तरमा भने पैसा खर्च गर्न सक्ने व्यक्तिको पछाडि २ ४ सय मानिस वरिपरि हुन्छन् नै। र, त्यो व्यक्ति अर्को पार्टीमा जाँदा तिनै व्यक्ति उसको पछाडि लाग्ने हुन्, आम मतदातालाई त्यसको कुनै परवाह हुँदैन।

‘यसको देशव्यापी प्रचारको असर बढी हुने हो, स्थानीय राजनीतिमा ठूलो समूह कुनै व्यक्तिको पछाडि लागेको हुँदैन,’ खतिवडा भन्छन्, ‘यसबाट स्टन्ट सिर्जना गर्न बढी मद्दत पुर्याउँछ।’ कुनै नेताको वरिपरि घुमिरहने महत्त्वपूर्ण हिस्सालाई देखाएर तिनका मतदाता पनि आफैँतिर रहेको दाबी प्रस्तुत गर्छन्, दलहरूले। यथार्थ त्यस्तो हुँदैन। जब मतदान हुन्छ, प्रभावशाली देखिएको कुनै नेताले लज्जास्पद पराजय बेहोर्नुपर्छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने यस विषयलाई सामान्यकृत गर्न रुचाउँदैनन्। पहिलो त प्रवेश गर्ने व्यक्ति र कार्यकर्तामा उसको प्रभावलाई छुट्याएर हेर्नुपर्छ। त्यसरी प्रवेश गर्ने कोही पार्टीको संगठन गर्न सक्ने व्यक्ति हुन सक्छ। प्रवेश गर्ने व्यक्तिको प्रभाव, व्यक्तित्व र लोकप्रियतामा त्यो निहित हुन्छ, उनी भन्छन्, व्यक्ति, भूगोल र घटनाको सापेक्षतामा मात्र यसलाई विश्लेषण गर्न सकिन्छ। पार्टी प्रवेश गर्ने कुरा गणतीय कुरा होइन, रणनीतिक विषय हो। व्यक्तिको प्रभावमा मतदातामाझ प्रभावको आयतन फरक हुन्छ।’

स्वर्गीय कोइरालाका आलोचकहरूले त्यतिबेला भन्ने गरेका थिए, कोइरालाले नेपालको जनसंख्याभन्दा बढी मतदातालाई कांग्रेसमा प्रवेश गराइसके। यथार्थ त्यस्तो थिएन, त्यसैले कांग्रेसले मध्यावधि निर्वाचनमा लज्जास्पद हार बेहोर्यो।

राप्रपा केन्द्रीय सदस्य भरतप्रसाद पाठक पनि शर्माको भनाइमा सहमत देखिन्छन्। जनाधार भएको नेतालाई सबै पार्टीले स्वागत गरिहाल्छन्। उसको पूर्ववर्ती पार्टीमा पनि हैसियत हुन्छ। त्यसैले हैसियत र जनाधार भएको नेता अर्को पार्टीमा प्रवेश गर्यो भने मतदातामा उसको प्रभाव पर्छ नै, उनी भन्छन्, व्यक्ति को हो भन्ने कुरा यसमा जोडिन्छ। कति वर्षदेखि र कस्तो उद्देश्य बोकेर राजनीति गरेको छ अनि ऊ जनतामाझ कति लोकप्रिय छ भन्ने कुराले यसमा फरक पार्छ।’

एक समय थियो। स्पष्ट बहुमतको सरकार ढलेर ०५१ सालमा तत्कालीन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन घोषणा गरे। चुनाव नजिकिँदै जाँदा त्यतिबेलाका सञ्चार माध्यमहरूमा कांग्रेस प्रवेश गर्ने नेता कार्यकर्ताको पंक्ति व्यापक रहेको प्रचार गराइयो। स्वर्गीय कोइरालाका आलोचकहरूले त्यतिबेला भन्ने गरेका थिए, कोइरालाले नेपालको जनसंख्याभन्दा बढी मतदातालाई कांग्रेसमा प्रवेश गराइसके। यथार्थ त्यस्तो थिएन, त्यसैले कांग्रेसले मध्यावधि निर्वाचनमा लज्जास्पद हार बेहोर्यो। र, कांग्रेस प्रतिनिधिसभामा दोस्रो दलमा खुम्चियो। त्यस उदाहरणबाट पनि नेपालका राजनीतिक दलहरूले सिक्न सकेको देखिँदैन।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य चुनावको मुखमा पार्टी परित्याग र प्रवेशको लहरको प्रभाव पहाडमा भन्दा तराईमा बढी देखिने बताउँछन्। तराईमा पार्टी प्रवेश गर्ने नेताको छवि राम्रो या उसको जातिले उसलाई ब्याकिङ गरेको छ भने प्रभाव परेको देखिन्छ। यसको प्रभाव पहाडमा कम देखिन्छ,’ आचार्य भन्छन्, पहाडमा पार्टीकै ब्यानरबाट चुनाव जित्छन्। त्यसैले हो, स्वतन्त्र उम्मेदवारलाई पहाडमा चुनाव जित्न गाह्रो भएको पनि। चुनाव जित्नेहरू पनि पटक पटक हारिरहेका हुन्छन्।’

तराई, पहाड र हिमालको सामाजिक, आर्थिक बनोटका कारण खातापिता परिवार, बाबुबाजेको नाम चलेको, आफ्नो वंश र परिवारको राम्रो इतिहास भएको कुनै नेता जुन पार्टीमा जाँदा पनि प्रभावशाली बन्ने देखिएको आचार्यको विश्लेषण छ। अहिले तराईका जिल्लामा मेयरहरू एमाले या कांग्रेस प्रवेश गर्ने लहर छ। त्यही लहर काठमाडौं, पोखरालगायत पहाडी भेगमा देखिँदैन,’ उनी भन्छन्, आफ्नो पार्टी कमजोर हुँदै जाँदा सबैलाई ठूलो पार्टीको ब्यानरमा जान रहर हुन्छ। किनकि, क्षेत्रीय दलहरू अहिले पनि नेपालमा भारतमा जस्तो भरोसायुक्त हुन सकेका छैनन्।’

मधेशकेन्द्रित दलहरूमा आपसी फुटका कारण पनि तराईका नेताहरूले कांग्रेस या एमाले रोज्ने थालेको देखिन्छ। किनकि, जसले जति राज्यबाट टाढा भएको अनुभूति गर्छ, त्यति नै नजिकिने चाहना बढ्दै जान्छ,’ विश्लेषक आचार्य भन्छन्, अहिलेका लागि राज्यका रूपमा ओली र देउवा देखिन्छन्। अनि चुनाव नजिकिँदा त्यसैलाई जोडेर राज्यमा आफ्नो कनेक्सन विकास गर्ने, राज्यमा सहभागिता खोज्ने ट्रेन्ड तराईमा बढी देखिन्छ।

जस्तो वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश गर्दा जसपामा त्यसको प्रभाव कति पर्ला र जसपा केन्द्रीय सदस्य अर्जुन थापाको बुझाइमा केही प्रभाव त अवश्य पर्छ। तर, ठूलो प्रभाव पर्ने सम्भावना कम छ। किनकि, पार्टी जीवनमा उनको बहिर्गमनले खासै प्रभाव पारेको छैन। त्यसैले तराईमा पनि पार्टी संगठनमा सम्बन्धित नेता कति भिजेको छ भन्ने कुराले अर्थ राख्छ,’ थापा भन्छन्, संगठनमा बलियो पकड रहेको नेता बाहिरियो भने ठूलो प्रभाव पर्छ। संगठनमा प्रभाव नै नभएको नेता बाहिरिँदा खासै असर पर्दैन। किनकि, ऊ पार्टीका कार्यकर्तामाझ आत्मीय नै भएको हुँदैन।’