नेपाल के साच्चिकै आर्थिक सङ्कट तर्फ गएको हो त

  • प्रकाशित मिति : April 7, 2022
  • कान्तिपुर सञ्चार

नेपाल के साच्चिकै आर्थिक सङ्कट तर्फ गएको हो त, यदि आर्थिक सङ्कट हो भने किन अहिले चुनाव गरिदै छ । यस्तो बेला त सबै राजनितिक दल नागारिक समाज सबै उद्योगीहरु एक भएर देशलाई जोगाउनमा लाग्नु पर्ने होइन र । सरकारमा भएका मन्त्री देखि कर्मचारीलाई दिएको सुविधा कटौती किन नगरेको । अनि देशलाई चलाएको विभिन्न सेक्टर जसले सबै भन्दा बढी कर तिर्छ आज त्यो सबै बन्द हुने अवस्थामा छ । नेपाल मै बसेर आफ्नो व्यवसाय चलाएर देश मै केही गर्नु पर्छ भन्ने युवाहरुलाई आज हतोत्साहित गरिदै छ किन यस्तो गरिदै छ । यो अवस्था आउँछ भनेर २०७५ साल तिरै अर्थ बिज्ञहरुले भनेका थिए तर किन सरकारले किन यसलाई गम्भीर रुप लिएन, अनि हामी तिनै नेताहरुको पछि लागेका छौ जस ले देशलाई यो अवस्थामा पुर्याए । आजको आवश्यकता सबै जना मिलेर देश डुब्नबाट बचाउनु आवश्यक रहेको छ ।
निराजन आर्चायका अनुसार देशमा परिवर्तन त आयो तर कस्तो खाले परिवर्तन आयो आजका यूवाले बुझ्न भने नसकेको बताएका छन । गाँउ गाँउमा चुनावी तालमेल हुदै गर्दा कसरी दिगो बिकास गर्न सकिन्छ होला भन्ने अन्यौलमा भएको खुलासा गरेका छन । यो त व्यक्तिगत स्वार्थ बोकेर आफ्ना सत्ता जोगाउनका लागिमात्र अघि बढेको हो भनेका छन ।

उनका भनाईलाई आघात गर्ने हो भने दिगो बिकास होइन् । लिने बिकास भएको देखिन्छ । यस्ता सोचले कहिल्यै पनि सक्षम र आर्थिक बिकास गर्न नसकिने र अर्थ तन्त्रमा संकट आउन सक्ने बताएका छन ।